
काठमाडौँ , १ फागुन । आज दुई वटा संसदीय समितिहरूको बैठक हुने भएको छ। पहिलो बैठक मध्यान्ह १२ बजे महिला तथा सामाजिक मामिला समितिको हुनेछ, जसमा सिडको आधारभूत सिफारिस नं। ३९ सम्बन्धी छलफल हुनेछ।
त्यस्तै, दोस्रो बैठक मध्यान्ह साढे १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको हुनेछ, जसमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू निर्धारण गर्न बनेको विधेयक, २०८० को दफावार छलफल गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे