
काठमाडौँ , २९ माघ । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०को प्रथम महाधिवेशन आइतबारदेखि प्रज्ञाभवन, कमलादीमा सुरु भएको छ। यस महाधिवेशनमा उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन्। दलित उपाध्यक्ष पदका लागि सोव र महिला उपाध्यक्ष पदका लागि भट्टराईले एकल उम्मेदवारी दिएका थिए। नेसपाको अध्यक्ष पदका लागि डा। बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन्।
नेसपाका ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको निर्वाचन आज, मंगलबार हुँदैछ। उम्मेदवारहरूको अन्तिम नामावली आज दाबी विरोध र उम्मेदवारी फिर्तीको प्रक्रिया पूरा गरेपछि सार्वजनिक हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे