
एजेन्सी । क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल ९२०९ किलोमिटर० टाढा क्योरबियन सागरमा शनिबार ७।६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले जानकारी दिएका छन्। प्रारम्भिक चेतावनीमा सुनामीको सम्भावना रहेको बताइएको थियो, जसमा क्युबा, होन्डुरस र क्यामन आइल्यान्डका केही तटीय क्षेत्रहरूमा १० फिट ९३ मिटर० सम्मको छाल आउने चेतावनी दिइएको थियो। क्यामन आइल्यान्ड सरकारले तटीय क्षेत्रका बासिन्दाहरूलाई आन्तरिक भागतर्फ सर्न चेतावनी दिएको थियो।
तर, अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ कि भूकम्पको गहिराई कम भएकाले सुनामीको खतरा टरेको छ। तीन घन्टा पछि, अमेरिकी अधिकारीहरूले ३० सेन्टिमिटर ९११।८ इन्च० सम्मको सामान्य समुद्री सतह उतारचढावको चेतावनी दिएका थिए, तर कुनै गम्भीर खतरा छैन। इस्ला मुजेरेसमा अधिकतम ४ सेन्टिमिटर ९०।१ फिट० उचाइको लहर मापन भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे