
पाल्पा , २५ माघ । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्ट रहेका छन् । विष्टको घरमा डेरमा बस्दै आएका रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो । मजदुरी गर्ने उनी विगत ६ महिनादेखि तानसेन बस्दै आएका थिए। बुढाथोकीले लेबरको काम गर्दै आउएका थिए । प्रहरीकाअनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका हुन् ।
बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानएको छ । विष्टले घरभाडा नदिएको निहुँमा बुढाथोकीको हत्या गरेको खुलेको हो । प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे