
एजेन्सी । क्यानडाले पनि अमेरिकालाई २५ प्रतिशत कर लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको घोषणा गरेका छन्। त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले पनि अमेरिकालाई २५ प्रतिशत नै कर लगाउने जवाफ दिएको बीबीसीले जनाएको छ ।
अमेरिका प्रत्येक वर्ष क्यानडा र मेक्सिकोबाट ठूलो मात्रामा आयात गर्छ, जसमा क्यानडाबाट तेलको ठूलो हिस्सा समावेश छ। अमेरिकामा लगभग ४० प्रतिशत कच्चा तेल विदेशबाट आयातिन्छ र त्यसमध्ये अधिकांश क्यानडाबाट आउँछ। प्रधानमन्त्री ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा लाग्ने जानकारी दिएका छन् ।
राष्ट्रपती ट्रम्पका अनुसार, क्यानडा र मेक्सिकोसँगको भन्सार शुल्क वृद्धि फेन्टनिल औषधिको गैरकानुनी आपूर्तिलाई नियन्त्रण गर्नका लागि गरिएको कदम हो, जसले अमेरिकामा लाखौंको ज्यान लिएको छ। ट्रम्पले यस अघि चेतावनी दिएका थिए कि चीनका उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउन सक्नेछन् र भविष्यमा युरोपेली संघको लागि पनि शुल्क लाग्ने योजना रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे