
खोटाङ , १३ माघ । बाल यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर भएका छन् । खोटाङ जिल्ला अदालतले राईलाई बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर गरेको छ। उनले आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
१० माघमा न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ। यदि दोषी ठहर भएमा उनलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्छ। डेढ वर्षअघि सेतोपाटीले उक्त घटनाबारे समाचार प्रकाशित गरेको थियो, जसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे