
काठमाडौँ,११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश, जसले जन्मको आधारमा दिइने नागरिकता रोक्न चाहन्थ्यो, संघीय अदालतले अस्थायी रूपमा रोक लगाएको छ।
सियाटलका एक न्यायाधीशले ट्रम्पको आदेशलाई असंवैधानिक भन्दै जन्मका आधारमा नागरिकता दिइने प्रावधानलाई रोक्न नमिल्ने निर्णय गरेका छन्।
न्यायाधीशले आगामी फेब्रुअरीदेखि लागू हुने भनिएको आदेशलाई स्पष्ट रूपमा असंवैधानिक ठहर गर्दै अस्थायी रूपमा त्यसलाई लागू नगर्ने आदेश दिएका हुन्। बिहीबार भएको २५ मिनेटको सुनुवाइपछि अदालतले यस आदेशलाई रोक्ने निर्णय गरेको हो।
अमेरिकी संविधानको १४ औं संशोधनअनुसार, अमेरिका भित्र जन्मेका अधिकांश व्यक्तिहरूलाई स्वचालित रूपमा नागरिकता दिइने व्यवस्था छ। ट्रम्पले भने गैरकानुनी वा अस्थायी रुपमा अमेरिका आएका अभिभावकका सन्तानहरूको लागि यो नियम समाप्त गर्ने अपेक्षा गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे