
काठमाडौँ २८ पुस । पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ । गत मंसिर १८ गते कक्षामा पढाइरहेका बेला दुई विद्यार्थीबीचको झगडा छुट्याउन लठ्ठीले हान्दा आँखामा लागेको विद्यालय प्रशासनको भनाइ छ ।
गत मंसिर १८ गते पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो । घटना गत मंसिर १८ गतेको भए पनि पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे