
काठमाडौँ ,२८ पुस । अमेरिकाको लस एन्जलसमा भएको डढेलोले ३८,००० एकडभन्दा बढी जमिन जलेर खरानी बनाएको छ। आगलागीका कारण ११ जनाको मृत्यु भएको पुष्टि भएको छ, र मृतक संख्या बढ्न सक्ने सम्भावना छ। सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन्, र एटीएम काउन्टरहरू नष्ट भएका छन्। हावाहुरीले रूखहरू ढलेका छन्, र आकाश धुवाँ र खरानीले ढाकिएको छ। अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन्, र वायुको गुणस्तर प्रदूषित भएको बताएका छन्।
दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ र दुई लाख घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। हजारौं अग्निनियन्त्रकहरूले आगो निभाउन प्रयासरत छन्, यद्यपि धेरै स्थानमा आगो अझै नियन्त्रणमा आएको छैन। क्यानडा सरकार आगो निभाउन सहायता पुर्याउन अघि आएको छ।
लस एन्जलस काउन्टीमा शुक्रवार एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ, र थप एक लाख ६६ हजारलाई चेतावनी दिइएको छ। आगलागीले व्यापक क्षति पुर्याएको र बिमाअन्तर्गत कभर हुने सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे