
काठमाडौँ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात सुरु भएको छ। पाथीभरा मन्दिरसहित ३,७९४ मिटरको उचाइमा पर्ने उत्तरी उच्च क्षेत्रहरुमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। पाथीभरा मन्दिर जाने पदमार्गका फेदीको बस्ती र त्यसभन्दा माथिका क्षेत्रहरूमा हिमपात भइरहेको जानकारी फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले दिएका छन्। यद्यपि, जनजीवन सामान्य रहेको बताइएको छ।
यसपटक लामो समयपछि सामान्य वर्षा भएको छ, जसले हिउँदमा बालीनाली लगाएका किसानलाई राहत दिएको छ। केही समयदेखि बढेको चिसोसँगै पाथीभरामा तीर्थयात्रीको आगमन घटेको छ। तर, हिउँ परेपछि आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने आशा गरिएको छ, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे