
आज बिहान नेपाल-चीन सीमानाको तिब्बतको दिंगे कान्टी क्षेत्रमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार यस भूकम्पले नेपालका अधिकांश स्थानमा धक्का दिएको छ।
काठमाडौं उपत्यका, तराई, र पहाडी क्षेत्रमा भूकम्पको झट्का प्रस्ट महसुस गरिएको थियो। मानिसहरू त्रसित हुँदै घर बाहिर निस्केका थिए। सामाजिक सञ्जालमा भूकम्पबारे चर्चा भइरहेका छन्।
हालसम्म नेपालमा भौतिक वा मानवीय क्षतिको औपचारिक विवरण प्राप्त भएको छैन। तर, भूकम्पको केन्द्रविन्दु नजिकका क्षेत्रमा क्षति हुने सम्भावना भएकाले स्थानीय अधिकारीहरूलाई सतर्क अवस्थामा राखिएको छ।
परकम्पको सम्भावनालाई ध्यानमा राख्दै नागरिकलाई सुरक्षित स्थानमा बस्न, अफवाहमा नपर्न, र आवश्यक पूर्वसावधानी अपनाउन खानी तथा भूगर्भ विभागले आग्रह गरेको छ।
यस शक्तिशाली भूकम्पले नेपालका भूकम्पीय जोखिमका विषयलाई पुनः सतहमा ल्याएको छ। उद्धार तथा राहतका लागि तयार रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे