
काठमाडौं, पुस २२। त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा इन्जिनमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ। सोमबार बिहान १०:३८ बजे उडेको बुद्ध एयरको उडान नं ९५३, जसको कलसाइन नाइनएन–एजेएस थियो, विमानको दायाँ इन्जिनमा समस्या उत्पन्न भएपछि पाइलटले विमानलाई काठमाडौं फर्काएर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएका छन्।
विमान ३७ मिनेट उडेको पछि ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो। अहिले विमानको प्राविधिक जाँच प्रक्रिया जारी रहेको र यात्रुलाई अर्को विमानमार्फत भद्रपुर पठाउने तयारी गरिएको जानकारी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे