
काठमाडौं, पुस २२। पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया बृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको छ।
ग्यास सिलिन्डर परिवर्तन गर्ने क्रममा चिया पिउने दूध लिन रेग्मीको घरमा गएकी पौडेल आगलागीमा परेकी थिइन्। सो आगलागीमा घरधनी ५२ वर्षीय ध्रुब रेग्मी र तिला रेग्मी घाइते भएका छन्। रेग्मीलाई गम्भीर घाइते अवस्थामा जिल्ला अस्पतालमा उपचार नगरेपछि पोखरा पठाइएको छ। घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट घरमा पनि क्षति पुगेको छ। यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे