
काठमाडौँ , १८ पुस । एक व्यक्तिले नयाँ वर्षको दिन प्रारम्भमा अमेरिकाको न्यू अर्लिन्सको फ्रान्सेली क्वार्टरको बोर्बोन स्ट्रिटमा उत्सव गर्नेहरूको भीडमा जानाजानी पिकअप ट्रक चलायो, कम्तिमा १५ जनाको मृत्यु भयो र दर्जनौं घाइते भएका छन् । ट्रकको पछाडिको बम्परबाट कालो झण्डा उडिरहेको थियो र आक्रमणलाई आतंकवादी कार्यका रूपमा अनुसन्धान भइरहेको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनले जनाएको छ।
सहरको सबैभन्दा व्यस्त बोर्बोन स्ट्रिटमा हजारौं मानिसहरू उत्सव मनाइरहेका थिए। अचानक एउटा गाडी भीडलाई कुचल्दै अगाडि बढेको त्यहाँ उपस्थित मानिसकहरूले बताएका छन्।
यसपछि आक्रमणकारी पिकअप ट्रकबाट बाहिर आए र मानिसहरूमाथि गोली चलाउन थाले। जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको थियो। भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन्। कार चलाउने व्यक्तिको पहिचान टेक्सासका अमेरिकी नागरिक ४२ वर्षीय शमसुद(दिन जब्बार भएको एफबीआईले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे