
काठमाडौँ ,१७ पुस । मकवानपुरका भीमफेदी गाउँपालिका ८ स्थित लटरम्मेश्वर महादेव मन्दिर जानेक्रममा भीरमा फसेका चार जनाको उद्धार गरिएको छ ।
सेना र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका २ की ३६ वर्षीया मधुलिका सिंह ठकुरी, २४ वर्षीय पुकार सिलवाल, ३५ वर्षीया निर्जला शाक्य र ३४ वर्षीया सिर्जना महर्जनलाई उद्धार गरेको हो ।
मंगलबार दिउँसो करिब सवा तीन बजे उनीहरु फसेको जानकारी पाएपछि उद्धारमा खटिएको सेना र प्रहरीको टोलीले उनीहरुलाई साँझ ५ बजेतिर सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे