
काठमाण्डौ । अमेरिकी दूतावासले आगामी बिहीबार, पौष ११ (डिसेम्बर २६, २०२४) का दिन विद्यार्थी भिसा सम्बन्धी प्रत्यक्ष लाइभ च्याट कार्यक्रम आयोजना गर्ने जानकारी गराएको छ। बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने यो कार्यक्रम दूतावासका कन्सुलर अधिकारीहरूसँग भिसासम्बन्धी जिज्ञासा राख्न र उत्तर प्राप्त गर्न महत्वपूर्ण अवसरका रूपमा रहेको दूतावासले उल्लेख गरेको छ।
विद्यार्थी भिसासम्बन्धी कुनै पनि प्रश्न भएका व्यक्तिहरूलाई अमेरिकी दूतावास नेपालको आधिकारिक फेसबुक पेज, पोस्टको कमेन्टमा आफ्नो प्रश्न लेख्न आग्रह गरिएको छ। अधिकारीहरूले सोधिएका प्रश्नहरूको उत्तर सोही समयमा प्रत्यक्ष रूपमा उपलब्ध गराउने जनाइएको छ।
दूतावासले यो लाइभ च्याट कार्यक्रम विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्दै, सबैलाई सहभागी हुन आग्रह गरेको छ। आफ्नो प्रश्नहरूको समाधान पाउने यस अवसरलाई नछुटाउन विशेष अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे