
काठमाडौँ, २०८१ – मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि. ले यस वर्ष पनि पाँचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी (5th Nepal PackPrint International Expo) र पाँचौं नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी (5th Nepal Plastech International Expo) आयोजना गर्ने घोषणा गरेका छन्। यी प्रदर्शनीहरू आगामी २०८१, पौष ५ देखि ७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुनेछन्।
प्रदर्शनीमा १०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागिता रहने बताइएको छ। आयोजकहरूको अनुसार, यस प्रदर्शनीले नेपालका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित उद्योग तथा व्यापारका विभिन्न क्षेत्रहरूलाई एकै स्थलमा ल्याउने उद्देश्य राखेको छ।
पाँचौं संस्करणको प्रदर्शनीले उद्योग व्यवसायीहरूलाई नविनतम प्रविधिहरूसँग परिचित गराउने, व्यापार साझेदारीका अवसरहरू सिर्जना गर्ने र विभिन्न उद्योगहरूबीच सहकार्यको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ। प्रदर्शनीमार्फत, देशभरका उद्यमी, अनुसन्धानकर्ता र संघ-संस्थाका प्रतिनिधिहरूलाई अत्याधुनिक प्रविधिहरूको अवलोकन गर्ने र नयाँ सम्भावनाहरूको बारेमा जानकारी प्राप्त गर्ने अवसर प्रदान गरिनेछ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल मुद्रण उद्योग महासंघ सह-आयोजकको रूपमा र नेपाल कोरोगेटेड बक्स उत्पादक संघ सहयोगी संस्थाको रूपमा संलग्न हुनेछन्। प्रदर्शनीमा विभिन्न प्रकारका प्लास्टिक प्रोसेसिङ् मसिनरी, स्क्रिन प्रिन्टिङ्, इन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, पेपर मसिनरी, पेपर कप मसिनरी, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने जानकारी प्राप्त भएको छ।
यस प्रदर्शनीले नेपालका विभिन्न उद्योग व्यवसायलाई नयाँ निर्यात अवसरहरूको लागि मार्गदर्शन गर्ने, प्रविधिको आदानप्रदान गर्ने र देशभरका उद्यमीहरूलाई एकजुट गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे