
काठमाडौं , २४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबिच बीचमा भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा भएको यस बैठकमा आर्थिक सहयोग, एमसिसी, युएसएआइडीका परियोजनाहरूको प्रभावकारी कार्यान्वयन, विकास वित्त, र निजी क्षेत्रका लगानीसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो।
उपप्रधानमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम भएको भन्दै अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको कुरा उल्लेख गर्दै, नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरे।
अमेरिकी सहायक विदेशमन्त्री लुबिचले दक्षिण एशियाका केही देशहरू आर्थिक समस्यामा पर्ने भए पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै, अमेरिका नेपालमा आगामी दिनमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे