
काठमाडौं, मङ्सिर १६ । सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका(१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको हो ।
मदिरा बोकेर भारततर्फ गइरहेको स्करपियोलाई गस्तिमा रहेका सुरक्षाफौजले चेकजाँचका लागि रोक्न खोज्दा नरोकी भाग्ने प्रयास गर्दा सशस्त्र प्रहरीका सई यादवलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो।
ठक्कर दिएका गाडीसहित चालक फरार छन् । उनको खोजी तथा घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे