
काठमाडौँ , ४ मसिर । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीमा एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान मधु कुमालको हत्या गरेकी हुन् ।
आज बिहान दीपाले चिर्पटले टाउकोमा प्रहार गरेर श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले बताए ।दीपा र मधुका १६ वर्षीय छोरा खिमले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
सूचना पाए लगत्तै प्रहरी प्रहरीले आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ । घरायसी विवादका क्रममा दीपाले मधुलाई चिपर्ट प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे