
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमको बारेमा जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई उक्त निर्देशन दिएका हुन्।
उनीले नेपाल टेलिकमलाई राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने क्रममा कुनै पनि कमजोरी नगर्न आग्रह गरेका छन्। यदि उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन पनि उनले दिएका छन्। साथै, संस्थाको साख उच्च राख्न पनि प्रधानमन्त्रीले जोड दिएका छन्।
उक्त अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्याल पनि उपस्थित थिए। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ७० हजार दाखिला गरिएको जानकारी दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे