
काठमाडौँ, कात्तिक १२ । नेपाल आइसिसी विश्वकप लिग-२ मा अमेरिकासँग तीन विकेटले पराजित भएको छ। टेक्ससको ग्रान्ड पिएरे मैदानमा आइतबार राति भएको खेलमा, अमेरिकाले २८७ रनको लक्ष्य ४९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले १०४ रन बनाउँदै उत्कृष्ट पारी खेले। कप्तान मोनांक पटेलले ६२ र हरमित सिंहले ५७ रन जोडे। नेपालका कुशल भुर्तेलले ४ विकेट लिए, जबकि सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए।
पहिला ब्याटिङ गर्दै नेपालले २८६ रन बनायो। कप्तान रोहित पौडेलले ९६ रन, ओपनर अनिल शाहले ५६ र आसिफ शेखले ५२ रन बनाएका थिए। अमेरिकाका नोस्थुस केन्जिगेले ४ विकेट लिए। यो हारसँगै नेपाल लिग-२ मा ९ खेलमा ७ हार, १ जित र १ खेल वर्षाका कारण ३ अंकसहित ७औं स्थानमा छ। अब नेपालले कात्तिक १३, १७ र १९ गते स्कटल्यान्डसँग खेल्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे