
एजेन्सी। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बंगलादेशको एक अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले शेख हसिनालाई नोभेम्बर १८ सम्ममा उपस्थित गराउन आदेश दिएको छ ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) का प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले यो जानकारी दिएका हुन् ।
बंगलादेशमा शेख हसिनाविरुद्ध मानवअधिकार उल्लङ्घनका धेरै मुद्दाहरू अनुसन्धान भइरहेका छन्। उनीमाथि विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाएका धेरै विद्यार्थीको हत्या गरेको पनि आरोप छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे