
काठमाडौं, २०८१ असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले आफूलाई लागेको मुल आरोप पुष्टि नहुने कुरा दर्शाएको भए पनि केही सञ्चार माध्यमहरुले भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन्।
मंगलबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको स्पष्ट गर्दै, गोर्खा मिडिया नेटवर्कका सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गरिनु पर्ने सत्य स्वीकार्न नसक्ने व्यक्तिहरु भएको उल्लेख गरे।
लामिछानेले भने, “संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदन बुझायो जसमा मेरो संलग्नता मुल आरोपमा छैन भनेर स्पष्ट गरिएको छ। तर, केही मानिसहरुले मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए। समितिले यस किसिमको संलग्नता छैन भन्ने पुष्टि गरेको छ। तर भ्रमको खेती गर्नेहरुले त्यो स्पष्टता स्वीकार्न चाहेनन्। सहकारी ठगी र रकम अपचलनमा मेरो संलग्नता प्रमाणित भएको छैन। गोर्खा मिडिया नेटवर्कको पैसामा जिम्मेवारीको कुरा उठाइएको छ, यो स्वीकार गर्न गाह्रो कुरा छैन। अझ भ्रम फैलाउने काम भइरहेको छ।”
रवि लामिछानेले आफूहरुलाई गाली खान नडराउने र देशको सुरक्षा सुनिश्चित गर्नका लागि पुरखाले गोलीसँग नडराएर जोगाएको उल्लेख गरे। उनले सञ्चारमाध्यमलाई आग्रह गर्दै भने, “म सञ्चारकर्मी साथीहरुलाई अपिल गर्न चाहन्छु – देशको पत्रकारितालाई जोगाउनुस्। मलाई नाङ्गो बनाउने निउँमा तपाईहरु पनि नाङ्गो नहुनुहोस्।”
सभापति लामिछानेले सञ्चारमाध्यममा गम्भीरता र जिम्मेवारीपूर्वक रिपोर्टिङको महत्वलाई जोड दिँदै सबैलाई सचेत गराएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे