
काठमाडौँ, भदौ २६ । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी० केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलको सांसदको दोहोरोमा बैठक सञ्चालन हुन नसक्ने जानकारी गराएर बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।
उनले भने , ‘सभा सञ्चालन गर्न सहयोग गर्नु भएन। त्यसले गर्दा कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउँछु , अब अर्को बैठक भदौ ३० गते आइतबार दिनको एक बजे बस्ने गरी स्थगित हुन्छ।’ भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसद्को अभिलेखबाट नहट्ने निर्णय सभामुखले सुनाएका थिए । उक्त शब्द हटाउनु नपर्ने सभामुखले जानकारी गराएपछि प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाएका थिए। माओवादी सांसदले बैठकमा विरोध गरेका हुन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए। उनले सो शब्द संसद्को अभिलेखबाट हटाउनु नपर्ने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे