
काठमाडौँ, भदौ २६ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति सभामा बुधबार उनलाई स्मरण गरिँदैछ । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।
पार्टीका तत्कालीन उपाध्यक्षसमेत रहेका नेम्बाङको पहिलो स्मृति दिवस अवसरमा नेकपा ९एमाले०ले आज नेम्बाङको गृह जिल्ला इलामसहित देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ। आज उनको तस्बिरमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरी उनको स्मरण गरिने र उनले दिएको योगदानको चर्चा गर्ने एमालेले जनाएको छ ।
नेम्बाङ निर्वाचित इलाम क्षेत्र २ मा गत वैशाख १५ उपनिर्वाचन हुँदा उनकै पुत्र सुहाङ नेम्बाङ विजयी बनेका छन्। सुहाङले मंगलवारको प्रतिनिधि सभा बैठकमा आफ्ना बुबा सुवासकै बाटोमा देश अघि बढेको बताए थिए। प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनी बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे