
काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बिहीबारदेखि लागू हुने गरी दुई प्रतिशत घटाएको छ। डिजेलको मूल्य घटेपछि भाडा पनि कम गरिएको विभागले जनाएको छ। यो निर्णय यात्रुवाहक बस तथा पहाड र तराईमा चल्ने मालवाहक सवारीमा लागू हुनेछ। विभागका अनुसार डिजेलको मूल्य प्रतिलिटर २३५।८३ रुपैयाँबाट घटेर १९२।८३ रुपैयाँ पुगेको छ, अर्थात् करिब १८ प्रतिशतले सस्तो भएको छ। तर भाडा भने दुई प्रतिशत मात्र घटाइएको छ।
विभागले भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्रै होइन, सवारीका पार्टपुर्जा, लुब्रिकेन्ट, श्रमिकको ज्याला, बजार मूल्यलगायत १३ वटा सूचकलाई पनि आधार बनाउने भएकाले सीमित मात्रामा भाडा घटाइएको जनाएको छ। यद्यपि यातायात व्यवसायी भने यो निर्णयप्रति असन्तुष्ट छन्। उनीहरूका अनुसार स्वचालित भाडा प्रणालीअनुसार अहिले करिब एक प्रतिशत मात्र भाडा घट्नुपर्ने थियो। सरकारले वैज्ञानिक मापदण्डभन्दा बढी भाडा घटाएको उनीहरूको दाबी छ। वैज्ञानिक भाडा समायोजन प्रणाली २०६५ सालदेखि लागू हुँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे