
काठमाडौँ, भदौ २४ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो ।
राजदूत सिफारिस समावेशी नभएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भदौ १८ गते सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको थियो। गत साउन १४ गते सरकारले १८ देशका राजदूत सिफारिस गरेकोमा समावेशी नभएको भन्दै आलोचना भएको थियो। समितिमा उपस्थित भएकी परराष्ट्र मन्त्री देउवाले राजदूत सिफारिसमा समावेशी नभएकोमा आइ एम सरिु भनेकी थिइन्।
आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले उनको नाम सिफारिस गर्ने स्रोतले जानकारी दियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे