
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच एक सम्झौता सम्पन्न भएको छ। यस सम्झौताले कम्पनीका कर्मचारीहरुलाई सरल कर्जा प्रवाह र तलबी खाता सञ्चालन सम्बन्धी सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, कम्पनीका कर्मचारीलाई तोकिएको सेवाअवधि पूरा गरेपछि, कम्पनीको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्मको पेशाकर्मी सरल कर्जा उपलब्ध गराइनेछ। यस कर्जा व्यवस्थामा बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम थपेर ब्याजदर निर्धारण गर्नेछ, जसको हालको आधार दर ६.६६ प्रतिशत रहेको छ।
सम्झौताका अवसरमा कम्पनीका विभागीय प्रमुखहरू डिल्लीराज लम्साल, घनश्याम अर्याल, अधिकृत रामसफल साह, साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, उपप्रमुख दिनेश न्यौपाने, र शाखा कार्यालय थापाथलीका शाखा प्रबन्धक बिक्रममान श्रेष्ठ लगायतका व्यक्तिहरू उपस्थित थिए।
यस सम्झौतासँगै, दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकले नेपालका सबै ७७ जिल्लामा २९४ शाखा कार्यालय, ३१० एटिएम र ७३ एक्स्टेन्सन काउन्टर सञ्चालन गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे