
काठमाडौँ , भदौ १६ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको थियो ।
महामन्त्री शर्मा र थापाको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो ।
पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने केन्द्रिय समितिको बैठकले यसअघि महासमिति बैठकमा प्रस्तुत भएका सबै प्रस्तावलाई सर्वसम्मत पारित गर्ने बताइएको छ । केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन आजै दिउँसो १ बजे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्नेछ । हिजो बसेको शीर्ष नेताहरुको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको बताईएको छ ।
महामन्त्रीद्वयको प्रतिवेदनमा चुनावी तालमेल, महाधिवेशन तालिका, नेताहरुको बहिर्गमनलगायतका विषय उठाइएको थियो । पार्टीको विधानसँग सम्बन्धित सबै मुद्दाहरूलाई विधान मस्यौदा समितिमा पठाउने सहमति शिर्ष नेताहरुबिच भएको छ ।थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ । महामन्त्री विश्व प्रकाश शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे