
काठमाडौँ , २८ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटबारे आफूलाई कुनै टेन्सन नभएको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारण दिएका हुन । नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव नै आयो, यसमा के छ धारणा छ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने , ‘केही छैन, सबै मिलेर जान्छन् ।
तपाईँहरूलाई हो टेन्सन, हामीलाई केही भएको छैन’ । उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका थिए। गत शनिबार उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई उनले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने वा तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने सुझाव दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे