
काठमाडौँ, साउन २४ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमँथि छलफल हुनेछ । साथै आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे