
काठमाडौँ , २० साउन | सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनु भएको छ । काँग्रेस एमालेको समर्थनमा दावी पेश गर्नु भएका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आज मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नै नयाँ सरकार गठनको आह्वान गरेका थिए। उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए ।
शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौं मुख्यमन्त्री बन्ने भएका छन् ।शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
आज विहान मात्र कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य रहेको र बहुमत सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे