
काठमाडौँ २० साउन | सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन्। दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नै नयाँ सरकार गठनको आह्वान गरेका थिए। उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन्।
बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिइन् ।शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौं मुख्यमन्त्री बन्ने भएका छन् ।शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे