
काठमाडौँ , २० साउन | सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन आज साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
सरकारले परम्परागत रूपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको हो ।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो अवलोकन गर्न राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित हुने चलन छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदैछ ।
आज भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे