
काठमाडौँ , १० साउन | कांग्रेस–एमाले गठबन्धनपछि प्रदेशमा नयाँ सरकार बन्ने भएकाले नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीभित्र प्रदेश सरकारमा मन्त्रीका लागि भागबन्डा माग गरेको छ । प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । शेख्र पक्षले आफ्नो समूहका सांसदलाई पनि मन्त्री बनाउन माग गरेको हो ।
साउन ८ गते नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतसँगको छलफलमा प्रदेशमा मन्त्रीको भाग पाउनुपर्ने निष्कर्ष गरेको थियो । सभापति शेर बहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गरेको र सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म आफूसँग कुनै सल्लाह र समन्वय नगरेकाले नेता कोइरालाले असन्तुष्टि व्यक्त गरेको छ ।
सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरुले बताएका छन् । सभापति देउवाले सबै पक्षलाई गठबन्धनमा समेटेर सरकारमा लैजाने बताए पनि अहिले सम्म तीन वटा प्रदेशमा नयाँ सरकार गठन भइसक्दा समेत आफ्नो पक्षकालाई मन्त्री नबनाएको कोइराला पक्षको गुनासो रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे