
काठमाडौँ , साउन ८ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्था भएकाले कांग्रेस–एमालेले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने बताए ।
उनले संविधान कार्यान्वयनको १० वर्ष हुन लागेकाले अहिले पुनरावलोकन, परिमार्जन गर्ने बेला भएको बताएका छन् । उनले भने, ‘१० वर्षमा संविधान संशोधन गर्ने कुरा विधानमै उल्लेख छ । त्यसकारण कांग्रेस(एमाले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्छ ।’ उनले ठूला दल एक ठाउँमा उभिंदा कतै निरङकुशता उब्जन्छ कि भन्न डर कायम रहेको बताए ।
सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न नसकिने र संसदबाट सहीलाई सही र गलतलाई गलत हो भनेर कांग्रेस आवाज उठाउँने उनले बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई कांग्रेसले गम्भीर भएर ध्यान दिनु पर्ने बताए । देशमा भ्रष्टाचारको सीमा नै नाँघेकाले यसको नियन्त्रण र सुशासनलाई केन्द्रमा राखेर कांग्रेसले काम गर्नुपर्ने उनको तर्क थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे