
हेटौँडा, साउन ८ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा ९तामाङ० नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हन् नयाँ सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन् । यस सहमतिपछि आज बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मंगलबारसम्मको समय दिएका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । लामा कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हन् । उनको भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे