
काठमाडौँ , ६ साउन | बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन्।
प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समयसीमा दिँदै दाबी पेश गर्न आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने गरी तयारी भइरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे