
काठमाडौँ , ४ साउन – सिमलताल दुर्घटनामा बेपत्ता भएकामध्य थप २ जनाको शव फेला परेको छ। गत शुक्रवार चितवनको सिमलतालमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस लेदोसहितको पहिरोमा परि बेपत्ता भएको थियो।
बसमा ६५ जना यात्रु सवार थिए जसमा ३ जनाले ज्यान जोगाए भने अन्य ६२ जना बेपत्ता छन्। भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए ।
भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको तर शवको पहिचान भइसकेको छैन । यो सँगै अहिलेसम्म २३ वटा शव फेला परेका छन् । जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे