
काठमाडौं,साउन ४ । बंगलादेशमा ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरूद्धमा प्रदर्शनमा हालसम्म ३९ जनाको मृत्यु भएको छ। हजारौँ प्रदर्शनकारीले बिहीबार साँझ सरकार नियन्त्रित बंगलादेशको राष्ट्रिय टेलिभिजन बीटीभीको ढाकास्थित कार्यालयमा समेत आगजनी गरेपछि आन्दोलन थप चर्किदै गएको हो ।
सन् १९७१ मा पाकिस्तानबाट देशको स्वतन्त्रताका लागि लडेका युद्ध नायकका आफन्तका लागि सार्वजनिक क्षेत्रको जागिरमा आरक्षण दिने व्यवस्थाको विरुद्धमा विश्वविद्यालयका विद्यार्थीहरूले केही दिनदेखि र्याली गर्दै आएका छन् । विद्यालय र युनिभर्सिटी अनिश्चितकालीन बन्द रहेको ढाकामा हिजोबाट राजधानीमा इन्टरनेट र फोन लाइन समेत बन्द गरिएको छ ।
यसलाई प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई रिझाउनका लागि उक्त नीति ल्याएको र यसले देशका अन्य युवारहरू अवसरबाट बञ्चित हुने बताएका छन । राजधानी ढाका लगायत धेरै सहरहरूले यस हप्ता कोटा विरोधी आन्दोलनका समर्थकहरू र उनीहरूका विपक्षीहरू, विशेष गरी बंगलादेश छात्रालिग भनेर चिनिने शासक अवामी लिगको विद्यार्थी संगठनबीच झडप भएको छ ।
बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।राजदूतावासले कारण वस कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे