
काठमाडौं,असार २७। संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपराह्न ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यसैगरि राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हुने कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरुले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे