
काठमाडौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गरिएको छ । आयोगले महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको थियो । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको जिम्मेवारीबाट हटाएको हो । पदबाट निष्कासन भएपछि डा। मुकुल ढकालले सभापति रवि लामिछानेको क्लबबाट निस्कासित भएको टिप्पणी गरेका छन्।
उनले फेसबुकमा एक स्टाटस लेखेका छन् , रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ।’
अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । गत असार १९ गते सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो । त्यस्तै, केन्द्रीय समितिले गरेको निर्णय ठिन नलागेमा पुनरावेदनका लागि उनलाई ३५ दिनको समय दिइएको झाले बताए । ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे