
काठमाडौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गरिएको छ । आयोगले महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।
रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको जिम्मेवारीबाट हटाएको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बेल्दै सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् । गत असार १९ गते सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो ।
त्यस्तै, केन्द्रीय समितिले गरेको निर्णय ठिन नलागेमा पुनरावेदनका लागि उनलाई ३५ दिनको समय दिइएको झाले बताए । ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे