
काठमाडौँ , असार २४ | जनता समाजवादी पार्टीका मन्त्रीहरूले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोकिदिएका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिएका छन् ।
यसअघि नेकपा ९एमाले० ले सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे