
काठमाडौँ , असार २४ | नेकपा एमालेका सांसद महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद महेश बर्तौलाले यस्तो प्रश्न गरेका हुन् ।
उनले बहुमतको सरकार हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले आज सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएकोमा यस्तो प्रश्न गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यू आज पनि कुर्सीमा आसिन हुनुहुन्छ। केही मन्त्रीज्यूहरू हुनुहुन्छ। हिजो सरकार बहुमतमा थियो। सरकार चलिरहेको थियो। केही राजनीतिक पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो। तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ती साथीहरूको गोजीमा भएको राजीनामा कहाँ पुग्योरु हामीले सुन्यौं दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने।’
उनले कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ परेपछि बेचैनी बढेको बताएका थिए । सचेतक बर्तौलाले कुन कुन फाइल खोल्नु छ खोल्न सरकारलाई चुनौती दिएका छन् । उनले भने,मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ। कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जति दिन तपाईँहरू पदमा रहनुहुन्छ, खोल्नुहोस्। उनले धम्की मात्रै होइन फाइन खोलेर देखाउँन आग्रह गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे