
काठमाडौं,असार २०। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
रास्वपाबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । यसअघि सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले बुधवार साँझ नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सामूहिक राजीनामा बुझाएका थिए।
बुधबार नै एमालेका आठ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे