
काठमाडौं,अषाढ २०। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा। मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो ।
केन्द्रीय समितिको बैठकले डा। ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो। केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।
महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए । तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए ।ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएका छन् ।
मिडियामार्फत् समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक गरेको भन्दै महामन्त्री ढकाललाई रास्वपाको अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे