
काठमाडौँ, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन् । आइतबार एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले दुई पार्टीलाई एउटै पार्टी बनाउनका लागि निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको बताएका हुन्। उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा समेत रहेको बताए । उनले भने , नेकपा एकीकृत समाजवादी र माओवादीका बीचमा निर्वाचन अगाडि र निर्वाचनपछि र आजका मितिसम्म पनि एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौं ।
उनले सरकारको नेतृत्व गरेदेखि भ्रष्टाचारविरुद्ध लगातार पहलकदमी अघि बढाइरहेको र भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफूलाई अस्थिर भनेकामा भने चित्त दुखाएका छन । प्रधानमन्त्री दाहालले भने, ‘प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो।’ उनले आफूले माक्र्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा बुझेको समेत बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे