
काठमाडौँ, असार ११। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति मेरिटको आधारमा हुने कताएका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याइने बताएका हुन।उनले राजदूत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको बताए।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका थिए । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले यसपाली राजदूतहरू सिफारिस गर्दा पनि आफूले मेरिटकै आधारमा नाम मागेको बताए।
प्रधानमन्त्री प्रचण्डले भने , ‘राजदूत नियुक्तिका सन्दर्भमा अहिलेसम्मको मान्यता परराष्ट्रबाट ५० राजनीतिक नियुक्ति ५० प्रतिशत गर्ने भन्ने छ। यसलाई हामी सबैले पहल गरे बदल्न सकिन्छ हामी सबैले पहल गरेर बदल्न सकिन्छ ,तर अहिले भर्खरै बदल्न सकिँदैन।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे